२०८३ साउन २१ गते बिहीबार

बागलुङमा जेसीज सप्ताह

बागलुङमा जेसीज सप्ताह

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ भदौ १८ गते बुधबार ०७:३२

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले युवाहरु सकरात्मक सोचका साथ अगाडि बढेमा समाज रुपान्तरणमा सहयोग पुग्ने बताए ।

बागलुङ ।

युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले यसवर्ष पनि विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह शुरु गरेको छ । विभिन्न रचनात्मक तथा खेलकुदका कार्यक्रम सहित २४ गतेसम्म संचालन हुने गरि पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रमसहित सप्ताहको शुरु गरेको हो ।

जेसीज सप्ताहको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले उद्घाटन गरेका थिए । बागलुङ जेसीजले समाजमा केहि योगदान दिएका युवाहरुलाई प्रत्येक बर्ष गर्दै आएको युवा सम्मान कार्यक्रमबाट यस वर्ष पनि २ जनालाई सम्मान गरेको छ ।

कम उमेरमा निजामति सेवामा प्रवेश गरे नेतृत्व तहमा रहेकी यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवि शर्मा र बागलुङ नगरपालिका २ आवारोडमा बागलुङ कालिका ड्राई क्लिनर्स संचालक महिला उद्यमी शर्मिला पौडेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले युवाहरु सकरात्मक सोचका साथ अगाडि बढेमा समाज रुपान्तरणमा सहयोग पुग्ने बताए । सप्ताहको वारेमा मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष प्रेमप्रसाद ढकालले जानकारी गराएका थिए ।

सप्ताहको दोस्रो दिन भदौ १९ गते लोकतान्त्रिक चोकमा दिउँसो २ बजेदेखि सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता हुने मुल संयोजक ढकालले जानकारी दिए ।

प्रकाशित मिति २०८२ भदौ १८ गते बुधबार ०७:३२
हजुरको प्रतिक्रिया