२०८३ असोज २३ गते शुक्रबार

आइतबार ह्वात्तै बढ्यो सुनको मुल्य

आइतबार ह्वात्तै बढ्यो सुनको मुल्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ २० गते आइतबार ०१:१३

पोखरा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । योसँगै आज बजारमा...

पोखरा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।

योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ २० गते आइतबार ०१:१३
हजुरको प्रतिक्रिया