२०८३ साउन २१ गते बिहीबार

दल फुटाउने अध्यादेशले बहुदलीय व्यवस्था नै खारेज हुन सक्छ – यादव

दल फुटाउने अध्यादेशले बहुदलीय व्यवस्था नै खारेज हुन सक्छ – यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असोज ६ गते बुधबार १२:३०

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । यादवले अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने बताएका हुन् । ‘राजनीतिक दलसम्बन्धी...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पनि नपठाउने

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । यादवले अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने बताएका हुन् ।

‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उनले भने ।

मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठकसमेत राखेको छैन । यादवले आज जसपाको कुनै बैठक नरहेको बताए ।

यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्था नै खारेज हुने उनको भनाइ छ । ‘यसलाई आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुन्छ,’ यादव भन्छन् ‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने सहमति भएको छ । आजै हुन्छ कि भोलि मैले भन्न सक्दिनँ ।’

केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार १२:३०
हजुरको प्रतिक्रिया