२०८३ साउन २१ गते बिहीबार

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ, कास्कीको २२ औँ साधारण सभा सम्पन्न

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ, कास्कीको २२ औँ साधारण सभा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०७:३१

नेपाली श्रमिकलाई फर्निचर निर्माणमा ल्याउनका लागि पहल भईरहेको नेपालीले जिकिर गरे ।

पोखरा ।

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ, कास्कीको २२ औँ साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारण सभामा बोल्ने वक्ताहरुले स्वदेशी वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । युवराज शत्रमा बोल्दै अध्यक्ष युवराज पौडेलले दर्ता नभएका झोले व्यवसायीका कारण व्यवसायमा गम्भिर असर परेको बताए । वनसँग सम्बन्धीत राज्यको नीतिका कारण व्यवसायीहरु समस्यामा परेको पौडेलको भनाई छ । उनले आन्तरिक उत्पादनलाई बढाएर आयतलाई घटाउनुपर्ने अवस्था आएको उल्लेख गरे ।

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका तृतिय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले राज्यले सहज वातावरण बनाई दिने हो भने फिर्निचर उत्पादना नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्प्रर्धा गर्न सक्ने बताए । नेपाली श्रमिकलाई फर्निचर निर्माणमा ल्याउनका लागि पहल भईरहेको नेपालीले जिकिर गरे । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स पोखराका अध्यक्ष उमराज बास्तोलाले राज्यले करको दायरा बढाउने तर कर मात्र बढाउने नीतिका कारण व्यवसायी समस्यामा परेको उल्लेख गरे । वन पैदावरको प्रयोगलाई बढाएर आन्तरिक उत्पादनलाई बढवा दिनुपर्नेमा उनले जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले बजारमा दर्ता बिना कारोवार गर्ने पोके व्यवसायीलाई प्रोत्साहन गर्ने काम भईहरको भन्दै सरकारी निकायको ध्यानाकर्षण गराए । स्वदेशी कच्चापर्दाथको प्रयोगबाट वस्तु उत्पादन गर्ने तर्फ व्यवसायीको ध्यान जानुपर्नेमा जोड दिए । श्रेष्ठले अहिले आयातमा मात्र निर्भर भइहरको अवस्थामा स्वदेशी काठको अधिकतम प्रयोग गरेर नेपालको फर्निचर व्यवसायालाई अन्तराष्ट्रियकरण गर्न सकिने बताए ।

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ कास्कीका थोमनाथ अर्यालले व्यवसायीको सुरक्षाका लागि स्थानीयसरकार संग समन्वय गरिरहेको बताए । दर्तबिना काम गर्ने विदेशी कामदारको कारण बैधानीक रुपमा व्यवासय गर्नेहरु समस्यामा पर्नुको अर्याललको भनाई थियो । कार्यक्रममा डिभिजन बन कार्यालय कास्कीका वनअधिकृत कोमलनाथ काफ्लेले नेपालमा ५० प्रतिशत भन्दा बढि क्षेत्र बन रहेको र यसबाट फाइदा लिन सक्नुपर्ने बताए ।

पहिला सरकारले संरक्षण गर्ने नीति लियो अब बनलाई काटछाट गरि काठको रुपमा प्रयोग गर्न सबैको ध्यान दिनुपर्ने उनले उल्लेख गरे । कार्यक्रममा संघमा अवद्ध सदस्का छोराछोरीमध्य उत्कृष्ट अंक ल्याउनेलाई सम्मान, संस्थालाई आर्थिक रुपमा सहयोग गर्ने व्यवसायी सम्मान र अपाङ्ग व्यवसायीलाई फर्निचर निर्माणमा सहयोग पुग्ने औजारहरु प्रादन गरिएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०७:३१
हजुरको प्रतिक्रिया