२०८३ साउन २१ गते बिहीबार

हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण, एक्स र वी च्याटले मागे विवरण

हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण, एक्स र वी च्याटले मागे विवरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार ०६:१०

असुरक्षित र जोखिमपूर्ण भीपीएन प्रयोग नगर्न सरकारले अनुरोध गरेको छ।

सामाजिक सञ्जाल बन्दविरुद्ध १२ वटा रिट सर्वोच्चमा, एउटा पनि भएन दर्ता

काठमाडाैं ।

सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि प्रतिबन्धको अवस्था खेप्ने सूचीमा परेका २६ कम्पनीमध्ये २ वटा सूचीकरण हुन आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइसकेको जनाएको हो।

‘मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय गराइसकेपछि मिति ०८२ भदौ २२ गतेसम्ममा स्मार्ट आइडिया प्रालिद्वारा सञ्चालित हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेको जानकारी गराइन्छ,’ मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरद्वारा विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मन्त्रालयले एक्स र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेअनुसार विवरण उपलब्ध गराइसकेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको उल्लेख गर्दै यस्ता सञ्जाल चलाउन असुरक्षित र जोखिमपूर्ण भीपीएन प्रयोग नगर्न-नगराउन अनुरोध गरेको छ।

मन्त्रालयले सामाजिक सञ्जालका प्लेटफर्महरूलाई निषेध नगरी व्यवस्थित बनाउन खोजिएको पनि भनेको छ।

सामाजिक सञ्जाल बन्दविरुद्ध १२ वटा रिट सर्वोच्चमा, एउटा पनि भएन दर्ता

सरकारले एक हप्ते म्याद दिएर भदौ १२ गते सूचीकरण आह्वान गर्दै सूचना जारी गरेको थियो। तर उक्त एक हप्तामा कुनै पनि संस्था सूचीकरण हुन नआएपछि प्रतिबन्ध लगाएको हो।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन्।

विभिन्न कानुन व्यवसायी तथा अधिकारकर्मीहरूले सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि आधात पार्ने गरी चालिएको कदममा रोक लगाउन माग गर्दै शुक्रबार र आइतबार गरी १२ वटा रिट दिएका छन्। तर, ती कुनै पनि रिटमा सर्वोच्च प्रशासनले दर्ता गर्ने वा दरपीठ भनेर निर्णय दिइसकेको छैन।

अदालतकै एउटा आदेशको हवला दिँदै बिहीबार रातिदेखि फेसबुक, युट्युटबलगायत १२ वटा सामाजिक सञ्जाल बन्द गरिदिएको थियो।

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०६:१०
हजुरको प्रतिक्रिया