२०८३ साउन २१ गते बिहीबार

पोखरामा डाक्टरहरु पनि सरकारविरुद्ध प्रदर्शनमा उत्रिए

पोखरामा डाक्टरहरु पनि सरकारविरुद्ध प्रदर्शनमा उत्रिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार १२:२०

पोखराको पृथ्वीचोकमा डाक्टरहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनिहरुले शोमबा पदर्शनको क्रममा सरकारले निर्मामता पुर्वका युवाको हत्या गरेको आरोप लगाउदै सरकारको राजिनामाको माग गरे ।

पोखरा

सोमबार जेनजीको आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा पोखरामा युवाले मंगलबार पनि स्वतःस्फूर्तरुपमा प्रदर्शन गरिहरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सहरका मुख्य क्षेत्रमा निषेधज्ञा जारी गरे पनि युवाहरु जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।

पोखराको पृथ्वीचोकमा डाक्टरहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार पदर्शनको क्रममा सरकारले निर्ममता पुर्वक युवाको हत्या गरेको आरोप लगाउँदै सरकारको राजिनामाको माग गरे ।

देशमा सुशासन कायम गर्नुपर्छ भनेर प्रदर्शनमा जाँदा युवालाई बन्दुकको नाल ताकिएकाले यसले सोच्न बाध्य बनाएको प्रदर्शनमा सहभागि डाक्टर मनिस भट्टराईले बताए ।

यस्तै स्वत–स्फुर्तरुपमा जम्मा भएका युवाहरुले पोखरा सभागृहमा पनि प्रर्दशन थालेका छन् । उनिहरु प्लेकार्ड बोकेर सडक पेटिमा उभिएका छन् ।

सम्भावित प्रदर्शन र घटनाको आकलन गर्दै सडकमा ठुलो संख्यामा प्रहरी तैनाथी गरिएको छ ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार १२:२०
हजुरको प्रतिक्रिया