पाेखरा ।
साेमबारदेखि शुरू भएकाे जेनजीकाे प्रदर्शन र आन्दाेलनले मंगलबार संयमता गुमाउँदा पाेखरा दिनभर तनावग्रस्त बन्याे ।
प्रदर्शनका नाममा पाेखराका मुख्य सरकारी कार्यालयहरू सवैजसाे भग्नावशेषमा परिणत भए । दिनभर धुँवाकाे मुस्लाे उडिरह्याे, एकपछि अर्काे गर्दै ताेडफाेड र आगजनीका घटनाहरू घट्दै गए ।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हाेटल बाराही, बगैंचा रिसाेर्ट, बरपिपल रिसाेर्ट, गण्डकीका भाैतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसीकाे घर, एनसेलकाे कार्यालय, इलाका प्रहरी कार्यालय बैदाम, नेपाल रेडक्रस साेसाइटी, एमाले र कांग्रेसकाे पारपार्टी कार्यालय, शिक्षाा कार्यालय, परिक्षा नियन्त्रक कार्यालय, गण्डकी विश्वविद्यालय लगायतका कार्यालयहरू एकपछि अर्काे गर्दै जलाउँदै गए ।

उनीहरूले मन्त्री बिन्दु थापाको घर र अटो स्वरूम पनि जलाएका छन्। नयाँ बजारबाट प्रदर्शनकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रालयहरु, सिडिओ कार्यालय, जिल्ला अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालय, जिल्ला मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय जलाएका छन्।
प्रदर्शनकारीले पोखराकै भाटभटेनी सुरपरमार्केट लगायत निजी व्यवसायिक प्रतिष्ठानमा पनि जलाएका छन्।
उनीहरूले गण्डकी प्रदेश सभा भवन, इलाका प्रशासन कार्यालय लेखनाथ, महेन्द्रपुलको नेपाल टेलिकमको कार्यालय, पोखरा–८ को वडा कार्यालय लगायत सरकारी कार्यालय तथा निजी प्रतिष्ठानहरूमा पनि आगो लगाएका छन्।

पाेखरामा ताेडफाेड र आगजनी भएका मुख्य कार्यालय तथा नीजि सम्पति
१ मेयर धनराज आचार्यको निवास सहित पोखरा इभेन्ट सेन्टर बुलौदीमा आगजनी
२ भाटभटेनी सुपरमार्केट, न्यूराेडमा ताेडफाेड, लुटपाट र आगजनी
३ पृथ्वीचोककोमा लखन थापाको शालिक तोडफोड र पृथ्वीनारायण शाहकाे प्रतिमा स्थापना
४ प्रदेश जलस्रोत मन्त्रालय,
५ जिल्ला प्रशासन कार्यालय, आगजनी
६ जिल्ला अदालत कास्की, आगलागी
७ लोक सेवा आयोगको कार्यालय, आगजनी
८ गण्डकीका मन्त्री विन्दुकुमार थापाको घर सहित ३ घरमा आगजनी पोखरा ट्रेड मल, वगैँचा रिसाेर्ट समेत जले
९ पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
१० प्रदेश सभा भिमकालिपाटनमा आगलागी
११ यातायात कार्यालय पृथ्विचोकमा आगजनी
१२ विजयपुरमा यज्ञबहादुर थापाको घरमा तोडफोड
१३ गण्डकी विश्व विद्यालय मुस्ताङचोकमा आगलागी
१४ शिक्षा विकास निर्देशनालय वगरमा आगजनी
१५ एनसेलको कार्यालय सिर्जनाचोकमा तोडफोड
१६ प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
१७ इलाका (वडा) प्रहरी कार्यालय वगरमा आगजनी
१८ नेपाल रेडक्रस सोसाइटी उपशाखा १० लगायत वडा कार्यालय १० मा आगजनी
१९ एमाले पार्टी कार्यालय
२० नेपाली काङ्ग्रेस तथा अन्य दलका पार्टी कार्यालयहरू
२१ शिक्षा विकास तथा समन्वय समिति कास्कीमा आगजनी।
२२ परीक्षा नियन्त्रण कार्यालयमा आगजनी
२३ वडा कार्यालय ३/५/८/१२/१३/१४/१५/२५ लगायतका धेरै जसो वडामा आगजनी
२४ विभिन्न प्रहरी चौकीमा आगजनी तथा तोडफोड
२५ विभिन्न सरकारी, गैरसरकारी कार्यालयमा तोडफोड तथा आगजनी
२६ . अख्तीयार कार्यलय पोखरा मा आगजनी
२७. नापी कार्यलय कास्की आगजनी
२८. राजीब पहारी को घरमा आगजनी
२९. लेकसाइडका ३ बटा ठुला रिर्जोट आगजनी
३०. जिल्ला प्रहरी कार्यालय, कास्की, ताेडफाेड र कब्जामा



हजुरको प्रतिक्रिया



