२०८३ कात्तिक १० गते सोमबार

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०१:००

पाेखरा । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित...

घरमा काम गर्ने महिला रहेको आशंका

पाेखरा ।
पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो ।
उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०१:००
हजुरको प्रतिक्रिया