२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला

गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०२:२३

विन्दुकुमार थापाका भाइ ध्रुव थापाको नयाँबजारस्थित घरमा रहेको गाडीको शाे रूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

नयाँबजारस्थित शाे रूममा यसअघि अर्काे एक शव भेटिएकाे थियाे

पोखरा।
आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

विन्दुकुमार थापाका भाइ ध्रुव थापाको नयाँबजारस्थित घरमा रहेको गाडीको शाे रूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको घर र गाडीको शाे रूममा आगो लगाइदिएका थिए ।

मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टसमेत तोडफोड र आगजनी गरेका थिए ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०२:२३
हजुरको प्रतिक्रिया