२०८३ साउन २१ गते बिहीबार

नाडा अध्यक्षमा ध्रुव थापा विजयी

नाडा अध्यक्षमा ध्रुव थापा विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ मंसिर २४ गते शुक्रबार १०:४२

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् । विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका...

६६ मतले चौधरी पराजित, कार्यसमितिमा भने चौधरी पक्षको बहुमत

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् ।
विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका छन् ।

अन्य १७ कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत आएको छ। १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा जित हासिल गरेका छन्।

करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय ५६, सुरेन्द्र कुमार उप्रेती १४ सय ३०, सुनिल रिजाल १४ सय १, अभिक ज्योति १३ सय ८२ , प्रकाश कपुरी १३ सय ७८ , बिक्राम सिंघानिया १३ सय ७० मत ल्याएर विजयी छन्। यस्तै, निलमणी पाठक १३ सय ५३, बरदान बस्नेत १३ सय ५३ र पंकज अग्रवालले १३ सय ३७ मत ल्याएर करण चौधरीको प्यानलबाट विजयी भएका छन्।

यता ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ६२, कपिल शिवाकोटी १३ सय ४९, प्रदिपमान प्रधान १३ सय ४७ र आकाश गोल्छा १३ सय ४४ मत ल्याएर विजयी भएका छन्।

३१ सय मतदाता मध्ये नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो।

प्रकाशित मिति २०७८ मंसिर २४ गते शुक्रबार १०:४२
हजुरको प्रतिक्रिया