२०८३ साउन २१ गते बिहीबार

निशानामा न्यायालय : सर्वोच्चसहित १७ वटा अदालतमा आगजनी

निशानामा न्यायालय : सर्वोच्चसहित १७ वटा अदालतमा आगजनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०५:१६

काठमाडौँ । मंगलबार भएको प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालतसहित १७ वटा अदालतमा आगजनीका कारण क्षति पुगेको छ । जसमध्ये १० जिल्ला अदालतमा आगजनी भएको सर्वोच्च प्रशासनले जनाएको छ । 'के कति क्षति भयो भन्ने बारेमा हामीले विवरण सङ्कलन...

काठमाडौँ । मंगलबार भएको प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालतसहित १७ वटा अदालतमा आगजनीका कारण क्षति पुगेको छ । जसमध्ये १० जिल्ला अदालतमा आगजनी भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

‘के कति क्षति भयो भन्ने बारेमा हामीले विवरण सङ्कलन गरिरहेका छौ, सर्वोच्चका प्रवक्ता अर्जन कोइरालाले भने, ’सर्वोच्चमा भने १० प्रतिशत फाइल बाहेक चालु अवस्थामा रहेका सबै फाइल जलेर खरानी भएको छ ।’

प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालत,चितवन जिल्ला अदालत, कास्की जिल्ला अदालत, सप्तरी जिल्ला अदालत, बाँके जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, पर्सा जिल्ला अदालत, मकवानपुर जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालत, बाँके जिल्ला अदालत रहेका छन् ।

उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास, उच्च अदालत राजविराज, उच्च अदालत हेटौँडा लगायतमा समेत तोडफोड र आगजनी भएको छ ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०५:१६
हजुरको प्रतिक्रिया