२०८३ साउन २१ गते बिहीबार

पोखराको लेखनाथमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

पोखराको लेखनाथमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ मंसिर २४ गते शुक्रबार १०:५९

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नंको फलामे छड बोकेको ट्रक आफैँ अनियन्त्रित भई बिहान...

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नंको फलामे छड बोकेको ट्रक आफैँ अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।

घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ । सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताए । रडको ओभरलोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ मंसिर २४ गते शुक्रबार १०:५९
हजुरको प्रतिक्रिया