२०८३ साउन २१ गते बिहीबार

हिउँदे बिदामा कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालय पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

हिउँदे बिदामा कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालय पठनपाठन कात्तिक ११ गतेसम्म बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २६ गते बिहीबार ०९:५९

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

पोखरा ।

त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाइएको छ ।

यो बिदाबीचमा दशैँ, तिहार र छठको बिदा परेको छ ।

प्रकाशित मिति २०८२ भदौ २६ गते बिहीबार ०९:५९
हजुरको प्रतिक्रिया