२०८३ साउन २१ गते बिहीबार

बागलुङमा शनिबार विहानसम्म कर्फ्यू जारी

बागलुङमा शनिबार विहानसम्म कर्फ्यू जारी

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ भदौ २७ गते शुक्रबार ०८:२३

उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

बागलुङ ।

बागलुङमा शनिबार विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले साँझ ६ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

बागलुङ जिल्लाका विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम बागलुङ जिल्लाभर कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, सभा बैठक गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।

उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

प्रकाशित मिति २०८२ भदौ २७ गते शुक्रबार ०८:२३
हजुरको प्रतिक्रिया