२०८३ साउन २१ गते बिहीबार

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी विकास मन्त्रालयको तयारी

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी विकास मन्त्रालयको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३० गते सोमबार ०९:३१

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडी तोडफोड भएका, कार्यालयका उपकरण तथा सामान चोरी भएको बताउँदै बाँकी क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

सिंहदरबारका अधिकांश भवन जले, शहरी मन्त्रालय जोगिए पनि भने सामान चोरीए

काठमाडौं ।

शहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीको विवरण निकाल्ने तयारी गरेको छ ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गत मंगलबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडी तोडफोड भएका, कार्यालयका उपकरण तथा सामान चोरी भएको बताउँदै बाँकी क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

उनका अनुसार सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि शहरी विकास मन्त्रालय जोगिएको तर यहाँका सामान चोरी भएका छन् । गाडी सबै जलेर नष्ट भएका छन् ।

मन्त्रालयले तीन दिनभित्र क्षतिको विवरण निकाल्ने र आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अघि बढ्ने भन्ने तयारी पनि गरिरहेको उनको भनाइ छ ।

सचिव सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन् ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०९:३१
हजुरको प्रतिक्रिया