२०८३ साउन २१ गते बिहीबार

पालुङटारमा महिलाको शव फेला

पालुङटारमा महिलाको शव फेला

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०९:५५

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार सोमबार बिहान ९ बजे स्थानिय गोविन्द पाण्डेको अधियाँमा रहेको खेतको आलिमा उनको शव भेटिएको हो ।

गोरखा ।

गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँकी ४५ वर्षीया धनमाया थापा धान खेतमा मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार सोमबार बिहान ९ बजे स्थानिय गोविन्द पाण्डेको अधियाँमा रहेको खेतको आलिमा उनको शव भेटिएको हो ।

आइतबार दिउँसो ३ बजे धान गोड्न खेतमा गएकी थापा राति घर नफर्केपछि आफन्तले खोजतलास गर्ने क्रममा मृत अवस्थामा देखेपछि प्रहरीले खबर गरेको जनाइएको छ ।

पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०९:५५
हजुरको प्रतिक्रिया