२०८३ साउन २१ गते बिहीबार

गोरखामा आगलागी, १ घर पूर्णरुपमा नष्ट

गोरखामा आगलागी, १ घर पूर्णरुपमा नष्ट

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०९:५७

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार काठ र जस्ताले बनेको घरमा विद्युत् मिटर बक्स सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

गोरखा ।

सिरानचोक गाउँपालिका–६ खैरेनीबनस्थित ७२ वर्षीय गर्बे गुरुङको घरमा सोमबार मध्यान्ह लागेको आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार काठ र जस्ताले बनेको घरमा विद्युत् मिटर बक्स सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी भएको खबर पाएपछि प्रहरी चौकी नयाँसाँधुबाट खटिएको टोली र स्थानीयवासीले करिब तीन घण्टापछि दिउँसो ३ः४० बजे आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ ।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०९:५७
हजुरको प्रतिक्रिया