२०८३ साउन २१ गते बिहीबार

स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते हुने

स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १ गते बुधबार ०९:५५

जेनजी आन्दोलनका कारण रोकिएको भदौ २८ र २९ गतेको परीक्षा यही असोज ७ र ८ गते सञ्चालन हुनेगरी बोर्डले तालिका निकालेको हो ।

पोखरा ।

कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

जेनजी आन्दोलनका कारण रोकिएको भदौ २८ र २९ गतेको परीक्षा यही असोज ७ र ८ गते सञ्चालन हुनेगरी बोर्डले तालिका निकालेको हो ।

नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ गते र ८ गतेका लागि तोकिएको छ ।

७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ ।

तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै ८ गते दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ ।

यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ ।

प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०९:५५
हजुरको प्रतिक्रिया