२०८३ असोज २३ गते शुक्रबार

देउवालाई फेशबुकमार्फत बधाई दिँदा प्रकाशमानले कमेन्ट अफ गरे

देउवालाई फेशबुकमार्फत बधाई दिँदा प्रकाशमानले कमेन्ट अफ गरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ मंसिर २९ गते बुधबार ०१:५३

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट सेक्सन नै अफ गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तनको नारा...

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट सेक्सन नै अफ गरेका छन् ।

पछिल्लो समय नेतृत्व परिवर्तनको नारा बोकेर देउवाको विकल्प खोज्नुपर्छ भन्दै सभापतिमा उम्मेद्धवारी दिएका सिंहले सभापतिको दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएपछि उनको चर्को आलोचना भैरहेको छ ।

सायद, त्यही भएर होला सिंहले फेशबुकमार्फत देउवालाई बधाई दिँदा कमेन्ट नै अफ गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

प्रकाशित मिति २०७८ मंसिर २९ गते बुधबार ०१:५३
हजुरको प्रतिक्रिया