२०८३ साउन २१ गते बिहीबार

बागलुङमा पनि संविधान मनाइयो दिवस

बागलुङमा पनि संविधान मनाइयो दिवस

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असोज ३ गते शुक्रबार ०७:४५

बागलुङका राजनीतिक दल, संविधानसभा सदस्य, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय सहित सरोकारवालाको सहभागिता थियो ।

बागलुङ ।

बागलुङमा पनि संविधान दिवस मनाइएको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रमा वक्ताहरुले संविधानको रक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए । उनीहरुले संविधाने युवाहरुको मागलाई समेट्दै अघि बढ्न आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा बसंविधान सभाका सदस्य तथा गण्डकी प्रदेश सांसद चम्पादेवी खड्काले संविधानले समावेशीता ल्याएको भन्दै महिला, दलित, जनजाति समेतले अधिकार पाउन थालेको बताउदै संविधानको रक्षक समेत जनतानै भएको बताइन् ।

संविधानसभा सदस्य नरबहादुर थापाले संविधानले औलाएका हकलाई कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिए । अहिलेको संविधान उत्कृष्ट संविधान रहेको र नागरिकको अधिकार र कर्तव्यलाई छुट्टाएर व्याख्या गरिएको बताए ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जनताको जनजिविकासंग संविधान जोडिएको उल्लेख गरे । संविधानलाई युवाको हक र कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

२०७२ असोज ३ गते जारी गरिएको संविधान १० वर्ष पुगेको छ । संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरीसहित शहीद पार्कमा पुगेर शहिदको शालिकामा माल्यार्पण गरेर मनाइएको हो ।

कार्यक्रममा बागलुङका राजनीतिक दल, संविधानसभा सदस्य, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय सहित सरोकारवालाको सहभागिता थियो ।

बागलुङ नगरपालिका–२ ट्राफिका चोकबाट शुरु भएको प्रभातफेरी बागलुङ नगरपालिका–१ रामरेखा स्थित शहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाशित मिति २०८२ असोज ३ गते शुक्रबार ०७:४५
हजुरको प्रतिक्रिया