२०८३ साउन २१ गते बिहीबार

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ५ गते आइतबार ०५:२४

नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी...

नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

हत्यापछि तामाङ फरार रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असोज ५ गते आइतबार ०५:२४
हजुरको प्रतिक्रिया