२०८३ साउन २१ गते बिहीबार

अर्जुनचौपारी–पोखरा सहकारीको ७ औं वार्षिक साधारण सभा सम्पन्न

अर्जुनचौपारी–पोखरा सहकारीको ७ औं वार्षिक साधारण सभा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ७ गते मंगलबार ०१:१२

पोखरा । अर्जुनचौपारी–पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७ औं वार्षिक साधारणसभा तथा सहकारी शिक्षा कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । साधारणसभामा सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डा. भवानी...

पोखरा ।

अर्जुनचौपारी–पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७ औं वार्षिक साधारणसभा तथा सहकारी शिक्षा कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।

साधारणसभामा सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष डा. भवानी शंकर पौडेलले सामाजिक सद्भाव तथा उत्तरदायित्वको वोध स्वरुप साझा चौपारी रुपमा सहकारी अगाडी बढेको बताए ।

साधारणसभाले सचिव गोविन्द सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष विजयकुमार खड्काद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा सहकारीको शेयर पुँजी ३ करोड ५८ लाख ७७ हजार ८ सय रहेकोमा आलु आर्थिक बर्षमा १.३९ प्रतिशत वृद्वी गरि ३ करोड ६३ लाख ७७ हजार ८ सय पु¥याउने लक्ष्य राखेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आगामी वर्ष डिजिटल सेवा विस्तार, सदस्य शिक्षा, पूँजी वृद्धि र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

सहकारीका सल्लाहकार गिरिधारी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अर्जुनचौपारी–पोखरा सम्पर्क समाजका अध्यक्ष जमुना चापागाईं, सहकारीका उपाध्यक्ष अम्बिका घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

साधारणसभाको अवसरमा सहकारी शिक्षा, स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम समेत गरिएको थियो ।

प्रकाशित मिति २०८२ असोज ७ गते मंगलबार ०१:१२
हजुरको प्रतिक्रिया