काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा उनीहरुले आयोगका आयुक्त लगायत कर्मचारीहरुसँग छलफल गरेका हुन् ।
निर्वाचनलाई शान्तीपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा सम्पन्न गराउन दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
उनकाअनुसार विद्यमान निर्वाचनसम्बन्धी कानूनी व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने सहमति समेत भएको छ ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन सरकारले सरोकारवालासँग छलफल शुरु गरेको छ ।
आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्न मतदाता नामावली ऐन २०७३ मा संशोधनलगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ ।
प्रकाशित मिति २०८२ असोज ८ गते बुधबार ०९:४९