२०८३ साउन २१ गते बिहीबार

अध्यक्ष ओली लगायतको राहदानी रोक्का गर्ने सिफारिसप्रति एमालेको आपत्ति

अध्यक्ष ओली लगायतको राहदानी रोक्का गर्ने सिफारिसप्रति एमालेको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १३ गते सोमबार ०९:०८

यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानूनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप नगरेको र यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको उनको भनाइ छ ।

एमालेले असोज २७ गतेलाई बोलायो केन्द्रिय समितिको बैठक

काठमाडौं ।

नेकपा एमालेले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति आफुहरुको गम्भीर आपत्ति जनाएको छ ।

गुण्डुमा आईतबार बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले आपत्ति जनाएको हो ।

यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रिय सचिवालयले गंभीर आपत्ति प्रकट गरेको र यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरु पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कारबाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए ।

यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानूनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप नगरेको र यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको उनको भनाइ छ ।

पार्टीले यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ ।

त्यस्तै एमालेले पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रिय कमिटीको दशौँ बैठक यही असोज २७ देखि २९ मा काठमाडौंंमा बस्ने पनि उनले जानकारी दिए ।

केन्द्रिय सचिवालयको अर्को बैठक असोज १९ र २० मा काठमाडौँमा बस्ने पनि उपमहासचिव ज्ञवालीले बताए ।

प्रकाशित मिति २०८२ असोज १३ गते सोमबार ०९:०८
हजुरको प्रतिक्रिया