२०८३ साउन २१ गते बिहीबार

चाडपर्वमा के-के कुराको ख्याल गर्ने ?

चाडपर्वमा के-के कुराको ख्याल गर्ने ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १३ गते सोमबार १०:२६

महानिर्देशक जोशीले भनिन्–‘अब दशैंको बेलामा, चाडबाडको, तिहारको बेलामा, चाडबाडको बेलामा हामीले चाहीँ धेरै थोकहरू खाँदा खेरि नुनको मात्राहरू पनि धेरै हुनसक्छ । यो कुरालाई पनि हामी ख्याल राखौं र आफ्नो स्वास्थ्यलाई ख्यालमा राख्नुपर्छ ।’

काठमाडौं ।

अहिले चाडपर्व नजिकिएसँगै दशैँबजार शुरु भइसकेको छ ।

चाडपर्वका बेला सस्तोमा समानहरु किन्नका लागि धेरैको ध्यान जाने गरेको छ ।

लत्ता कपडासँगै खाद्य वस्तुहरुको किनमेल गर्दा सस्तो भन्दा पनि गुणस्तरीय वस्तुहरुको प्रयोग गर्न र खानपानमा समेत सजक रहनुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले बजारमा जाँदाखेरि हतारमा बजार गर्न नहुने बताउँछिन् ।

उनकाअनुसार बजार गर्दा त्यसमा लेबलहरू हेर्ने बानी गर्नुपर्छ । लेबल हेर्दा हामीले चाहिँ कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, त्यो पनि हेर्नुपर्छ भने त्यहाँ भएको ‘इन्ग्रेडियन्टस’ पनि हेर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ ।

उनकाअनुसार सस्तो मात्र खोज्नु भएन, त्यसमा रहेको क्वालिटी, सेफ्टीहरूको बारेमा समेत उपभोक्ताले जानकारी राख्न जरुरी छ ।

महानिर्देशक जोशी (वैद्य) ले भन्छिन्, ‘दशैँ तिहारजस्ता पर्व हामी नजिक आइपुगेको छन् । यतिखेर बजारमा जाँदाखेरि हतारमा हामी बजार गर्नुभन्दा पनि, त्यसमा लेबलहरू हेर्ने बानी गरौँ र लेबल हेर्दाखेरि हामीले चाहीँ कुन–कुन खाद्य वस्तुहरूमा यसको एक्सपायरी डेट छ कि छैन, हेर्नुप¥यो । त्यहाँ भएको इन्ग्रेडियन्टस पनि हेर्ने चाहिँ बानी गरौँ । जुन चाहीँ आफ्नो शारीरिक आवश्यकताअनुसारको त्यसमा कुन–कुन कुराहरू खान वर्जित छ । जस्तो, म वयस्कको छु भनेदेखि मैले सुगर कन्ट्रोल गर्छु होला । ट्रान्सफ्याटहरूको कुराहरू छ, ट्रान्सफ्याटहरू चाहीँ हाम्रो स्वास्थ्यको लागि हानिकारक छ । यी कुराहरू ध्यान दिनुप¥यो ।’

घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर हुन्छन् भन्ने छैन :

घरमा उत्पादन गरेको सबै चिज एकदमै स्वस्थकर नहुने जोशीले बताइन् ।

जोशी (वैध)ले काअनुसार धेरै फ्याटहरूको, धेरै चिल्लो पदार्थहरूको उपभोग गर्नु स्वास्थ्यकर मानिदैन ।

चाडपर्वको बेला धेरै सुगर (चिनी)को मात्राहरूलाई पनि नियन्त्रित रूपमा मात्र उपभोग गर्नुपर्छ ।

आफूले घरमा पकाएको खानेकुराहरूलाई पनि खासगरी एकदम तातोतातै उपभोग गर्नुपर्छ । कि होइन भनेदेखि भोलिको लागि, भरेको लागि राख्ने हो भने, खाना पकाएपछि २ घण्टासम्म मात्र तातो अवस्थामा उपभोग गरिसक्नुपर्ने, त्यसपछाडि उपभोग गर्नुछ भने, त्यसलाई राम्ररी कोठाको तापक्रममा चिसो बनाएर, अनि रेफ्रिजरेटरमा राखेर हामीले २ देखि ३ दिनसम्म उपभोग गर्न सकिने तर त्योभन्दा ज्यादा गर्न नसकिने उनको भनाइ छ ।

जोशीले भनिन्–‘एकचोटि तताएको खानेकुरालाई पुनः तताइसके पछाडि त्यसलाई फेरि फ्रिजमा राख्ने गर्नु चाहीँ हुँदैन । जति आफूलाई चाहिन्छ, त्यति नै मात्रामा हामी तताउने र त्यसलाई उपभोग गर्ने र बाँकीलाई चाहिँ डिस्पोज गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ चाहीँ हामी फेरि तताउँछौं, अनि फेरि त्यो चिसोमा लगेर मिसाइदिन्छौं र त्यसपछाडि धेरै स्वास्थ्यसम्बन्धी समस्याहरू आउने, फुड पोइजनिङहरू हुने त्यो केसहरू पनि आइराखेको हुन्छ ।’

धेरै नुनको सेवन नगरौँ :

चाडपर्वमा अत्यधिक मात्रामा नुनहरूको सेवन गर्न सकिने भएकाले ख्याल गर्न जरुरी रहेको जोशी बताउँछिन् ।

उनकाअनुासर दैनिक एकजना वयस्कको लागि डब्लुएचओको मापदण्डअनुसार पाँच ग्रामभन्दा बढी नुन खान मिल्दैन ।

महानिर्देशक जोशीले भनिन्–‘अब दशैंको बेलामा, चाडबाडको, तिहारको बेलामा, चाडबाडको बेलामा हामीले चाहीँ धेरै थोकहरू खाँदा खेरि नुनको मात्राहरू पनि धेरै हुनसक्छ । यो कुरालाई पनि हामी ख्याल राखौं र आफ्नो स्वास्थ्यलाई ख्यालमा राख्नुपर्छ ।’

नेपालीको अहिले एभरेजमा नुनको कन्जम्सन÷उपभोग हेर्ने हो भनेदेखि करिव १० ग्राम हामीले खाइरहेको अवस्था छ । त्यसै कारणले हामीले त्यसै पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असोज १३ गते सोमबार १०:२६
हजुरको प्रतिक्रिया