२०८३ कात्तिक १० गते सोमबार

मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेनाका २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन

मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेनाका २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १९ गते आइतबार ०१:०८

काठमाण्डौ । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ । नेपाली सेनाका रथी विष्णुकुमार खड्काका अनुसार नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा...

काठमाण्डौ ।

नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ ।

नेपाली सेनाका रथी विष्णुकुमार खड्काका अनुसार नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखिएको छ ।

२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको बताए ।

उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको जानकारी दिए ।

ज्येष्ठ अधिकृतहरुबाट समन्वय सरल बनाउन खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरिएको बताए ।

खड्काले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताए ।

प्रकाशित मिति २०८२ असोज १९ गते आइतबार ०१:०८
हजुरको प्रतिक्रिया