२०८३ साउन २१ गते बिहीबार

मनसुनजन्य विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो

मनसुनजन्य विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १९ गते आइतबार ०३:०५

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी...

काठमाडौं ।

शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् ।

उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

प्रकाशित मिति २०८२ असोज १९ गते आइतबार ०३:०५
हजुरको प्रतिक्रिया