२०८३ साउन २१ गते बिहीबार

नेपालमा वामपन्थी पार्टी लोकप्रिय छन्- माधव नेपाल

नेपालमा वामपन्थी पार्टी लोकप्रिय छन्- माधव नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ मंसिर २९ गते बुधबार ०३:३१

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण...

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरू वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे ।

पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए । देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले बताए ।

प्रकाशित मिति २०७८ मंसिर २९ गते बुधबार ०३:३१
हजुरको प्रतिक्रिया