२०८३ साउन २१ गते बिहीबार

पानीजन्य रोगको जोखिम उच्च, त्यसबाट बच्न खानेपानी तथा ढल व्यवस्थापन विभागको आग्रह

पानीजन्य रोगको जोखिम उच्च, त्यसबाट बच्न खानेपानी तथा ढल व्यवस्थापन विभागको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २१ गते मंगलबार ०९:४४

विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

पोखरा ।

निरन्तर वर्षा, बाढीपहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न खानेपानी तथा ढल व्यवस्थापन विभागल आग्रह गरेको छ ।

बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले देशका विभिन्न ठाउँहरुमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बिरामीहरूलाई उच्च जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक विपद्मा झाडापखाला र हैजा फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बाढीपहिरो तथा डुबानका कारण हैजा र झाडापखालालगायत पानीजन्य रोग लाग्न सक्ने भन्दै त्यसबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उमालेर वा ‘क्लोरिन’ झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन उनको आग्रह छ । मन्त्रालयले प्राकृतिक विपद्मा चर्पीमा मात्र दिसापिसाब गर्न र बालबालिकाको दिसापिसाबलाई चर्पीमा नै फाल्न आग्रह गरेको छ ।

यस्तै, झाडापखाला भई हालेमा तुरुन्तै पुर्नजलीय झोलसँगै प्रसस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानसमेत डाक्टरको आग्रह छ ।

प्रकाशित मिति २०८२ असोज २१ गते मंगलबार ०९:४४
हजुरको प्रतिक्रिया