२०८३ कात्तिक ११ गते मंगलबार

चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २५ गते शनिबार ०५:५२

प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको विश्लेषण गरिएको छ ।

काठमाडाैं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क अर्थात् ९ट्यारिफ० लगाउने घोषणा गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् उनले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी गराएका हुन् ।

चीनबाट अमेरिका पुग्ने सामानमा पहिलेदेखि नै ३० प्रतिशत ट्यारिफ थियो । अब नयाँ थपिएकोसहित चीनबाट अमेरिका निर्यात हुने सामानमा एक सय ३० प्रतिशत कर लाग्नेछ । ट्रम्पका अनुसार पछिल्लो निर्णय अर्को महिना नोभेम्बरको एक तारिखदेखि लागु हुनेछ ।

हालै चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’ को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति २०८२ असोज २५ गते शनिबार ०५:५२
हजुरको प्रतिक्रिया