२०८३ साउन २१ गते बिहीबार

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २ गते शनिबार ०९:०९

बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए ।

काठमाडौं ।

नेताहरु बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

शुक्रबारको बैठकमा एजेण्डामाथि नेताहरुले आफ्नो धारणा राख्ने क्रमम नसकिएकोले आज शनिबार फेरी बस्नेगरी बैठक स्थगित गरिएको थियो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन् ।

आज पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने उनले बताए ।

बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए ।

उनले सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदुत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कुटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०९:०९
हजुरको प्रतिक्रिया