२०८३ साउन २१ गते बिहीबार

रुकुम पश्चिममा जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या आठ पुग्यो

रुकुम पश्चिममा जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या आठ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक ९ गते शनिबार ०९:००

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलंगाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

पोखरा ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलंगाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

त्यस्तै घाइते हुनेमा आठविसकोट नगरपालिका– २ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका छन्।

त्यस्तै अन्य घाइते हुनेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजंग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

९ घाइतेको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ भने जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जनाइएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक ९ गते शनिबार ०९:००
हजुरको प्रतिक्रिया