२०८३ साउन २१ गते बिहीबार

आगलागीका घटना बढे, २४ घण्टाको तथ्यांक अनुसार देशभर १४ वटा आगलागीका घटना

आगलागीका घटना बढे, २४ घण्टाको तथ्यांक अनुसार देशभर १४ वटा आगलागीका घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १० गते आइतबार ०९:०३

पूर्वसावधानी तथा चेतना अभावमा आगलागीका घटना बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पोखरा ।

पछिल्लो केही दिनयता देशमा आगलागीका घटना बढेका छन् ।

गएको शुक्रबार र हिजो शनिबारको २४ घण्टाको तथ्यांक अनुसार देशभर १४ वटा आगलागीका घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुर पूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा आगलागीका घटना भएका हुन् ।
प्राधिकरणका अनुसार भाईटीकाको दिन बिहीवार पनि १३ वटा आगलागीका घटना भएका थिए ।

झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा आगलागी भएको थियो ।

यस्तै पाल्पामा एकैदिन तीन वटा आगलागीका घटना भएका थिए । गएको बुधबार पनि १७ वटा आगलागीका घटना भएका प्राधिकरणको तथ्यांक छ ।

मनसुन सकिएरको, पानी पर्न छोडेको र यहि बेला मुख्य चाडपर्व परेका कारण देशभर आगलागीका घटना बढेको पाइन्छ ।

पूर्वसावधानी तथा चेतना अभावमा आगलागीका घटना बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

साथै प्राधिकरणले आगलागीजन्य घटना हुनबाट जोगिनका लागि आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १० गते आइतबार ०९:०३
हजुरको प्रतिक्रिया