२०८३ असोज २५ गते आइतबार

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १० गते आइतबार ०४:०५

काठमाडौँ ।  नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। शीतलनिवासमा आइतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन्। डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन्। डा. गौतमले स्वास्थ्य...

काठमाडौँ । 

नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। शीतलनिवासमा आइतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन्। डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन्।

डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतवार बिहान मन्त्रिमण्डल विस्तारका लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

मन्त्रिमण्डलमा चारजनाको नाम सिफारिस भए पनि विवादका कारण दुईजनाको मात्रै आइतवार शपथ भएको हो।

प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन्। उनीहरुको भने शपथ रोकिएको हो।

यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरेकी छन्।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्व सहभागी थिए।

प्रकाशित मिति २०८२ कात्तिक १० गते आइतबार ०४:०५
हजुरको प्रतिक्रिया