२०८३ कात्तिक १० गते सोमबार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना : पाइलट सकुशल

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना : पाइलट सकुशल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १३ गते बुधबार ०९:४७

हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र थिए ।
पाइलट खड्कालाई कैलाश हेलिकप्टरमार्फत उद्दार गरी लुक्ला लगिएको डिएसपी कुँवरले बताए ।

काठमाडौं ।

सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरका अनुसार आज बिहान ७ बजेर ५० मिनेट जाँदा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको डिएसपी कुँवरले बताए ।

हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र थिए ।

पाइलट खड्कालाई कैलाश हेलिकप्टरमार्फत उद्दार गरी लुक्ला लगिएको डिएसपी कुँवरले बताए ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १३ गते बुधबार ०९:४७
हजुरको प्रतिक्रिया