चर्चाको विषय
काठमाडौं ।
‘आँखैमा राख्छु मेरो देश’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘म त काली सुन्दरी’ जस्ता चर्चित गीत गाउने नेपाली सुगम संगीत क्षेत्रको एक लोकप्रिय नाम हो अञ्जना गुरुङ । गायिका गुरुङले विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली गीतसंगीतका विभिन्न विधामा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आएकी छन् साथै उनी चलचित्रको पाश्र्वगायनमा पनि सफल गायिकाको रूपमा परिचित छन् ।
यही कात्तिक २१ गते शुक्रबारका दिन काठमाडौंमा टीका गोपाल एम क्रियशनले गायिका गुरुङको एकल सांगीतिक कार्यक्रम–२०८२ आयोजना गर्ने भएको छ । उक्त दिन गायिका गुरुङका लोकप्रिय गीतहरूको प्रस्तुति हुुने आायोजक टीका गोपाल एम क्रियशनका अध्यक्ष गीता सिंहले बताइन् । गायिका गुरुङका ‘आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सारी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ’ लगायत सयौं गीत श्रोता/दर्शकले औधि रुचाएका छन् ।
गायिका गुरुङको एकल सांगीतिक कार्यक्रम–२०८२ को विशेष अवसर पारेर गायिका गुरुङको संरक्षकत्व तथा नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ लाई पनि सोही समारोहमा प्रदान गरिने भएको छ । नगद एकाउन्न हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष वरिष्ठ गायक कमल बिक ‘निर्मोही’लाई प्रदान गरिने भएको छ ।
नेपाली गीतहरूलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नका लागि विगत लामो समयदेखि सक्रिय रहेका कमल मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरूलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आइरहेका छन् । गायक निर्मोही पछिल्लो समय मृगौला रोगबाट पीडित छन् ।
यसअघि ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’बाट वरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), वरिष्ठ गीतकार विश्व बल्लभ (२०७९), वरिष्ठ बाध्यवादक कृष्ण गन्धर्व (२०८०) र वरिष्ठ लोकगायक रेशम थापा (२०८१) सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।
...
गण्डकीमा गजलको विगत र वर्तमानबारे विमर्श
२०८३ भदौ २८ गते आइतबार ०१:२८साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण
२०८३ भदौ २३ गते मंगलबार ११:४३भोटेकोशी बाढीपीडितका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले २ लाख १६ हजार सहयोग गर्ने
२०८३ भदौ १२ गते शुक्रबार ०५:५३शान्ति माध्यमिक विद्यालयमा ‘द कोर्ट’ नाटक प्रदर्शन
२०८३ भदौ ४ गते बिहीबार ०६:२७