२०८३ साउन २१ गते बिहीबार

गगनको जित सुनिश्चित, दोस्रोमा विश्वप्रकाशको अग्रता कायमै

गगनको जित सुनिश्चित, दोस्रोमा विश्वप्रकाशको अग्रता कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १ गते बिहीबार ०२:५३

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापाको जित सुनिश्चित भएको छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका...

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापाको जित सुनिश्चित भएको छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका थिए। ३ हजार ८९० मत गणना हुँदा गगन थापा २ हजार ५१२ मत ल्याएका हुन्।

सोमवारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए। आधारभन्दा बढी मत गणना हुँदा गगनले पपुलर मतसहित जित सुनिश्चित गरेका हुन्।
महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। दोस्रो स्थानमा १ हजार ५९७ मत ल्याउँदै विश्वप्रकाश शर्मा छन्। गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन्।

प्रारम्भिक मतपरिणाम अनुसार तेस्रो स्थानका लागि प्रकाशशरण महतले १२९२ मत ल्याउँदा प्रदीप पौडेलले ११६१ मत ल्याएका छन्। दुवैजना दोस्रोपटक भापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन्। यस्तै, शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका मिनेन्द्र रिजालले ६७९ पाउँदा राजाराम कार्कीले ८८ मत पाएका छन्।

प्रकाशित मिति २०७८ पुस १ गते बिहीबार ०२:५३
हजुरको प्रतिक्रिया