२०८३ साउन २१ गते बिहीबार

प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्पको उद्घाटन

प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्पको उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १५ गते शुक्रबार ०८:१५

भरोसालाई जीवन्त बनाई राख्न समायनुकुल परिवर्तित आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक सापुङले निर्देशन दिए ।

पोखरा ।

पोखराको शहिद चोकमा बनेको प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्पको उद्घाटन गरिएको छ ।

प्रहरी कल्याण कोषमार्फत बनेको पेट्रोल पम्पको प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले भर्चुअल रुपमा उद्घाटन गरे । कार्यक्रममा प्रहरी महानिरीक्षको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश कुमार आचार्यले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण अवलोकन गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गरे । उनले गुणस्तरीय इन्धनको माध्यमबाट नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा थप टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको उल्लेख गरे । भरोसालाई जीवन्त बनाई राख्न समायनुकुल परिवर्तित आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक सापुङले निर्देशन दिए ।

नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण भएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रकाशित मिति २०८२ कात्तिक १५ गते शुक्रबार ०८:१५
हजुरको प्रतिक्रिया