२०८३ साउन २१ गते बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २० गते बुधबार ०९:०७

हिजोको बैठकमा महाधिवेसन तालिकाबारे दुई फरक प्रस्ताव पेस भएका छन् । संस्थापन पक्षले बैशाख र इतर पक्षले पुसमा महाधिवेसन गर्नुपर्ने फरक प्रस्ताव पेश गरेका हुन् ।

पोखरा ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

हिजोबाट सुचारु भएको बैठक आज बिहान साढे ११ बजे सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

हिजोको बैठकमा महाधिवेसन तालिकाबारे दुई फरक प्रस्ताव पेस भएका छन् ।

संस्थापन पक्षले बैशाख र इतर पक्षले पुसमा महाधिवेसन गर्नुपर्ने फरक प्रस्ताव पेश गरेका हुन् ।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश गर्दा सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेसन गर्ने अर्को प्रस्ताव आएको छ ।

महामन्त्री थापाले गरेको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।

यस्तै सहमहामन्त्री यादवले पेस गरेको कार्यतालिकामा २०८२ चैत १ गते वडा अधिवेशन सुरु गरी २०८३ वैशाख २७ देखि २९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ ।

हिजोको बैठकमा यी प्रस्तावहरुमाथि ८ जना केन्द्रिय सदस्यले धारणा राखेका थिए ।

आज अरु केन्द्रिय सदस्यहरुले धारणा राख्ने मुख्य सचिव पौडेलले बताए ।

प्रकाशित मिति २०८२ कात्तिक २० गते बुधबार ०९:०७
हजुरको प्रतिक्रिया