२०८३ साउन २१ गते बिहीबार

गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला सुरु

गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २१ गते बिहीबार ०३:४७

गोरखा । गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा आजदेखि ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला–२०८२’ सुरु भएको छ। गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको संयुक्त आयोजनामा शुरु भएको मेलाको मेयर कृष्ण बहादुर...

गोरखा ।

गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा आजदेखि ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला–२०८२’ सुरु भएको छ।

गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको संयुक्त आयोजनामा शुरु भएको मेलाको मेयर कृष्ण बहादुर राना मगरले उद्घाटन गरे ।

मेला अघि विभिन्न समुदायका मानिसहरूले आफ्ना संस्कृति झल्काउने झाँकीसहितको ¥याली प्रदर्शन गरेका थिए। ¥याली हरमटारी, शक्तिचोक, बसपार्क, ठुलोआँगन, पाटेचौर र अस्पताल मार्ग हुँदै पुनः हरमटारीमै पुगेको थियो।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठका अनुसार मेला कार्तिक ३० गतेसम्म चल्नेछ। मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला, घरेलु तथा प्रविधिसम्बन्धी वस्तुहरू प्रदर्शनीमा राखिएका छन्।

करीब ३२ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

१५० वटा स्टल रहने मेलामा कृषि प्रदर्शनीका लागि १०, होटल तथा रेस्टुरेन्टका लागि ६ र बाँकी स्टल अन्य व्यवसायिक प्रयोजनका हुनेछन्।

प्रकाशित मिति २०८२ कात्तिक २१ गते बिहीबार ०३:४७
हजुरको प्रतिक्रिया