२०८३ असोज २५ गते आइतबार

प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छः शंकर पोखरेल

प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छः शंकर पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार ०३:१८

महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटक फैसला र असंवैधानिक ढंगले बनेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पारिन् ।

काठमाडौं ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु अपरिहार्य रहेको बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकमा बोल्दै उनले पार्टीको सो अडान राखेका हुन् ।

महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटक फैसला र असंवैधानिक ढंगले बनेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पारिन् ।

उनले भने,‘असंवैधानिक ढंगले उहाँ प्रधानमन्त्रीमा विराजमान हुनुहुन्छ । संविधानले उहाँलाई चिन्दैन । अर्कोतिर संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । जुनप्रतिनिधिसभा विघटन सर्वोच्च अदालतका पटक पटकका भर्डिकको हिसावले भन्नेहो भने त्यो असंवैधानिक छ । त्यस अर्थमा सर्वोच्च अदालतको विगतमा भर्डिकहरुका हिसावले पनि पुनः स्थापना अपरीहार्य छ । र पुनस्थापनाबाट नै लोकतन्त्रलाई सही दिशातर्फ अगाडि बढाउन सकिन्छ भन्ने पार्टीको मत र मान्यता रहेको छ ।’

महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गरे ।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०३:१८
हजुरको प्रतिक्रिया