२०८३ साउन २१ गते बिहीबार

सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति

सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ५ गते बिहीबार ०७:०७

सिंहदरबारमा आज भएको सरकार र बञ्चरेडाँडावासीबीचकाे छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो ।

काठमाण्डाै

सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति भएको छ । सिंहदरबारमा आज भएको सरकार र बञ्चरेडाँडावासीबीचकाे छलफल ११ बुँदे सहमतिसहित टुङ्गिएको हो ।

सरकार र बञ्चरेडाँडावासीबीच भएको सहमतिमा स्थानीयवासीलाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, ईआईए प्रतिवेदन छिटो तयार गर्नका लागि कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी त्यसकाे लिखित प्रतिबद्धतासमेत लिने, आउँदाे आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसारको जग्गा अधिकरणका लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ ।

त्यस्तै बञ्चरेडाँडाका स्थानीयवासीहरूका लागि तत्काल चालू आर्थिक वर्षको घर टहरा तथा बालीको मुआब्जा दिनका लागि काठमाण्डाै महानगरपालिकालाई पत्राचार गर्ने लगायत सहमति भएकाे छ ।

यस्ता छन् सहमतिका बुँदा:

प्रकाशित मिति २०८२ मंसिर ५ गते बिहीबार ०७:०७
हजुरको प्रतिक्रिया