२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १५ जनाको ज्यान गयो

पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १५ जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ६ गते शुक्रबार ०६:४६

ज्यान गुमाउनेमा तीन जना कामदार र बाँकी स्थानीयबासी हुनसक्ने खबरमा उल्लेख छ ।

काठमाडौं ।

पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबाद शहरमा रहेको एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण गम बनाउने उद्योगमा विस्फोट भएको देखाएको उद्धार कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विस्फोटका कारण कारखाना नजिकैका नौ वटा घरमा क्षति पुगेको आपत्कालीन सेवाका प्रवक्ता फारुक अहमदले बताए ।

ज्यान गुमाउनेमा तीन जना कामदार र बाँकी स्थानीयबासी हुनसक्ने खबरमा उल्लेख छ । विस्फोटमा अन्य धेरै घाइते भएका प्रहरीले बताए पनि सङ्ख्याबारे जानकारी दिएको छैन ।

यसैबीच पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर ६ गते शुक्रबार ०६:४६
हजुरको प्रतिक्रिया