२०८३ साउन २१ गते बिहीबार

जापानमा ८ तले भवनमा भीषण आगलागी, २७ जनाको मृत्यु भएको आशंका

जापानमा ८ तले भवनमा भीषण आगलागी, २७ जनाको मृत्यु भएको आशंका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २ गते शुक्रबार १०:३१

जापानको पश्चिमी क्षेत्रस्थित ओसाका सहरको ८ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका सहरको ८ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो।...

जापानको पश्चिमी क्षेत्रस्थित ओसाका सहरको ८ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार शुक्रबार ओसाका सहरको ८ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको हो।

सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ।

यो आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएका थिए। जसमध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो। अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार १०:३१
हजुरको प्रतिक्रिया