पोखरा ।
छाला उपचार र सौन्दर्यको क्षेत्रमा काम गर्दै आइरहेको कोरियन सौन्दर्य अस्पताल ‘लेट मी इन’ले पोखरामा आफ्नो शाखा विस्तार गरेको छ ।
कोरियाली लगानीमा नयाँ बानेश्वर र महाराजगन्ज काठमाडौंपछि लेट मी इनले पोखरामा नयाँ शाखा संचालनमा ल्याएको हो ।
चिप्लेढुंगा मानवअधिकार चोकमा रहेको पोखरा ट्रेडमहलको चैथो तलामा रहेको शाखाको शुक्रबार नेपाली चलचित्रकी नायीका नीति शाह, कन्टेन क्रियटर सिशन बानिया, लेट मी इनका अध्यक्ष मा तोङ सु, कम्पनीका म्यानेजिङ डाइरेक्टर ई मिन ख्याङले उद्याटन गरे ।
नयाँ शाखा खोलेर पोखराका बासिन्दालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवाहरू प्रदान गर्न लागिएको लेट मी इनका अध्यक्ष मा तोङ सुले बताए । अस्पतालमा छाला तथा सौन्दर्यका सबै सेवाहरु उपलब्ध हुने सुले जानकारी दिए ।
लेट मी इनका कन्ट्री डाइरेक्टर विनोद सुवेदीले करिब ५ करोडको लागतमा शाखा संचालनमा आएको जानकारी दिए । डाक्टरसहितको सुविधा रहेको शाखामा नर्श, स्वास्थ्यकर्मी र सहयोगी गरी १५ जना कर्मचारी रहेका छन् । यो अत्याधुनिक प्रविधिसहितको सुविधा भएको पहिलो सौन्दर्य अस्पताल रहेको कम्पनीको दावी छ ।
उद्याटनको अवसरमा सबै सेवामा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको शाखाका सिइयो शिवराम तिवारीले जानकारी दिए । डाक्टर परामर्श निुशुल्क साथै नोभेम्बर ३० सम्म छुट सेवा प्राप्त हुनुको साथै एउटा सामान किन्दा अर्को सामान उपहार पाइने छ ।
प्रकाशित मिति २०८२ मंसिर ६ गते शुक्रबार ०७:१२




