२०८३ असोज २३ गते शुक्रबार

नेपाल प्रिमियर लिगः विराटनगरकको लगातार दोस्रो जित, काठमाडौंको दास्रो हार

नेपाल प्रिमियर लिगः विराटनगरकको लगातार दोस्रो जित, काठमाडौंको दास्रो हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:५०

बलिङमा काठमान्डुका शाहब आलमले २ तथा कप्तान करण केसी, जेरार्ड एरासमस र सन्तोष यादवले समान एक/एक विकेट लिए ।

काठमाडौं ।

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो ।

विराटनगरले पहिलो खेलमा एनपीएलकै कीर्तिमानी स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । उता उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद् सुरुवात गरेको काठमान्डुको यो लगातार दोस्रो हार हो ।

दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरका लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । यस्तै मार्टिन गप्टिलले २५ र नरेन भट्टले २४ रन बनाए । टिमको स्कोर २१ हुँदा ओपनर लोकेश बम व्यक्तिगत १४ रनमा आउट भएपछि मुन्से र गप्टिलले ५३ रनको साझेदारी गरेका थिए । बसिर अहमदले १९ रन जोडे । सन्दीपले अविजित ९ रन जोडे ।

बलिङमा काठमान्डुका शाहब आलमले २ तथा कप्तान करण केसी, जेरार्ड एरासमस र सन्तोष यादवले समान एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । एक समय ५६–५ को स्थितिमा रहेको काठमान्डुको इनिङ्स सन्तोष यादव र आदिल आलमले उकासेका थिए ।

आदिल आलमलले सर्वाधिक अविजित ४८ रन बनाए । यस्तै सन्तोष २६ रन बनाएर आउट भएपछि आदिलले जोन सिम्पसोनसँग अविजित ३३ रनको साझेदारी गरे ।

त्यसअघि काठमान्डुका ओपनर बेन चाल्र्सवर्थले ३२ रन बनाए भने सन्तोष यादवले २६ रन बनाए । जेरार्ड एरासमसले १० रन जोडे । बलिङमा मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले १–१ विकेट लिए ।

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:५०
हजुरको प्रतिक्रिया