काठमाडौं ।
मोबाईल ग्यारेज टिमले मोबाईल एप सार्वजानिक गरेको छ ।
शनिवार काठमाडौमा एक कार्यक्रमका बीच ‘सीपलाई समाधानसंग जोड्ने मोबाईल एपः मोबाईल ग्यारेज’ सार्वजानिक गरिएको हो । मोबाईल ग्यारेज एपले सवारी साधान बिग्रिएमा मिस्त्रीहरु उपलब्ध गराउनेछ ।
मोबाईल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उदेश्यले मोबाईल ग्यारेज एप सञ्चालनमा ल्याएको जानकारी दिए । सवारीसाधानमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ ।
उक्त एपमार्फत सहजै रुपमा रियल टाईममा नै मिस्त्री उपलब्ध हुने उनले बताए । उनले ग्यारेजसम्बन्धी सीप भएकाहरुलाई रोजगारी पनि मोवाईल एपकोमार्फत उपलब्ध हुने उल्लेख गरे । यो एपले सवारी धनी र मिस्त्रीको पुलको रुपमा काम गर्ने उनको भनाई छ ।
उनले दुई वर्षको प्रयासपछि मोबाईल ग्यारेज एप निर्माण गर्न सफल भएको जानकारी दिए ।
उनले भने, ‘यो व्यवासाय बाट हामी पब्लिक सर्भिसको कुरा छदैछ, त्योसंगै सीप भएका साथीभाईहरु हुनुहुन्छ, ग्यारेज सेक्टरका यसलाई हामीले व्यवसायसंग डिजिटलाईजेशन गर्ने त्यो व्यवसायलाई र अर्को सवारीसाधान बिग्रिएमा सहजै रुपमा सेवा दिनेगरि मोबाईल एप सार्वजानिक गरेका छौँ । यो एप एउटा पुलको रुपमा रहनेछ ।ग्यारेजसम्बन्धी ज्ञान भएका मिस्त्रीलाई हामीले विशेष रुपमा समस्या परेको भेईकलहरुसंग जोड्ने पुलको रुपमा यसले काम गर्नेछ ।’
उनले एपले रियल टाईम सेवा, प्रमाणित मिस्त्री प्रोफाईल, सजिलो एप साईनअप र व्यापार वृद्धि लगायतका सुविधा प्रदान गर्ने जानकारी दिए । एपमा ग्यारेज सञ्चालक र सवारीधनी जोडिन सक्नेछन् । मोबाईल एप प्लेस्टोर वा एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ ।
एपमा मेकानिकहरुले मेकानिकको प्रोफाईल बनाउनुपर्ने र सेवाग्राहीले साईनअप गर्नुपर्ने सुविधा रहेको छ ।
प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०८:०३




