२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १७ देखि २२ गते सम्म हुने

राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १७ देखि २२ गते सम्म हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १० गते मंगलबार ०७:५२


पोखराकै जेठो सस्था संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटनको सहरको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको थियो ।

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तथा १३ औं क्यान इन्फोटेक २०८२ यही मंसिर १७ देदि २२ गते सम्म संचालन हुने भएको छ ।

मेला पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको पोखरा प्रदर्शनी केन्द्रमा संचालन हुने छ । संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी दिँदै उद्यमशीलता प्रवद्र्धन, लगानी मैत्री नीति निर्माण, नवप्रवर्तन, सूचना प्रविधि, कृषिसंग सम्बन्धित परिसंवाद कर्याक्रम समावेस गरिने जनाएको छ । संघ अध्यक्ष गोकर्ण कार्कीले मेला यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औधोगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने अवसर बन्ने बताए ।

जेनजी आन्दोलन पछि निजी क्षेत्र पीडा र त्रासमा रहेको बताउदै कार्कीले लगानीको वातावरण पूर्णतः धमिलिएको र व्यवसायीको मनोबल गिरेको बताए । असहज अवस्थामा पनि निजी क्षेत्र विचलित र हतास छैन भन्ने सन्देश प्रवाह गर्न मेला सफल हुने उनले विश्वास व्यक्त गरे ।

प्रर्दशनी स्थल साघुरो भएकाले मेला अवधी छोट्याएर ५ दिन मात्र बनाइएको आयोजकले जानकारी दिएको छ । मेलामा १ सय २० वटा स्टल रहने छन् । प्रदर्शनी केन्द्रमा पोखरा महानगरपालिकाले अपसाइक्लिङ र रिसाइक्लिङका निम्ति पूर्वाधार बनाउने काम भइरहेकाले प्रयाप्त ठाउको अभावको कारण समय र स्टल संख्या घटाउनु परेको संघले जनाएको छ ।

मेलामा सूचना–प्रविधिको क्षेत्रसंग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समय प्रविधि, दैनिक जीवनलाई अझ सर बनाउने उपकरणहरु प्रदर्शनी तथा विक्रीका लागि राखिने संघले जनाएको छ । मेलामा सांस्कृतिक कार्याक्रम अन्तरगत गण्डकी क्षेत्रका परम्परागत सांस्कृतिक कार्यक्रमलाई नै मेलामा समावेस गरिने छ । यस पटकको मेला अवलोकनका लागि संघले निशुल्क प्रवेशको व्यवस्था गरेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।

संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाको लागि स्टल बुकिङ खुल्ला गरिएको जानकारी दिए । मेलामा मणिपाल शिक्षण अस्पताल मुख्य प्रायोजकको रुपमा रहेको छ । मेलामा ५० लाखको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ ।

पोखराकै जेठो सस्था संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटनको सहरको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको थियो ।

प्रकाशित मिति २०८२ मंसिर १० गते मंगलबार ०७:५२
हजुरको प्रतिक्रिया