२०८३ साउन २१ गते बिहीबार

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले मेरो देश मेरो जिम्मेवारी अभियान संचालन गर्ने

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले मेरो देश मेरो जिम्मेवारी अभियान संचालन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ११ गते बुधबार ०७:४५

बुधबार पोखरामा पत्रकार सम्मेलन गदै परिषद्ले सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान २०८२ सुरु गरिएको जनकारी दिएको छ ।

पोखरा ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले मेरो देश मेरो जिम्मेवारी अभियान संचालन गर्ने भएको छ ।

सकारात्मक रूपान्तरणका लागि नागरिकमा अनुशासन, नैतिकता, चरिच, इमानदारीता र राष्ट्रिय दायित्वबोध आवश्यक भएको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै परिषद्ले मेरो देश, मेरो जिम्मेवारी अभियान संचालन गर्न लागेको जनाएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गदै परिषद्ले सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान २०८२ सुरु गरिएको जनकारी दिएको छ ।

राजनीतिक अस्थिरता, निराशा, अविश्वास, भ्रष्टाचार तथा सामाजिक नकारात्मकता बढ्दै गएको अवस्थामा जिम्मेवार नागरिक चेतना सुदृढ नगरी राष्ट्रमा सुशासन र समृद्धि सम्भव नभएको अभियानका राष्ट्रिय संयोजक दिनेश कार्कीले बताए । अभियानले प्रत्येक नागरिकलाई निम्न मूल्य र आचरण आत्मसात गराउने लक्ष्य राख्दै देशव्यापी रूपमा प्रारम्भ हुन लागेको हो ।

यस अभियानमा विशेषतः प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले विद्यार्थी, युवा तथा आम नागरिकबीच विभिन्न प्रकारका कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्नेछ । जसको माध्यमबाट समाजमा सामाजिक सद्भाव, सकारात्मक विषयहरूको प्रवद्र्धन, एक–अर्काप्रतिको सहयोग तथा सद्भावको बुद्धि र नागरिकका हैसियतले हामीले बहन गर्नुपर्ने कर्तव्य र जिम्मेवारीप्रति बोध गराउनेतर्फ अभियान केन्द्रित रहनेछ ।

यस अभियान अन्तर्गत विशेषगरी देशभरिका युवा विद्यार्थीहरूबाट सुझाव संकलन गर्ने, राष्ट्रप्रति कर्तव्य निर्वहन र समर्पणभाव जगाउने उद्देश्यले राष्ट्रका लागि संकल्प अभियान चलाउने, त्यस्तै क्याम्पस कलेज युवामाझ कार्यक्रम सञ्चालन गर्ने, साहित्य, पर्चा तथा पोस्टर वितरणमार्फत नागरिक कर्तव्य के हो भन्ने विषयमा युवाहरूमा स्पष्ट धारणा विकास गराउने कार्कीले जानकारी दिए ।

सकारात्मक सोच, जिम्मेवारीबोध र राष्ट्रप्रेम प्रवद्र्धन गर्ने उद्देश्यले देशभरि विविध गतिविधि सञ्चालन गरी युवा तथा नागरिक दुवैमा सक्रियता, उत्तरदायित्व र सचेतनाको भावना विकास हुने अभियान संचालनकर्ताहरुको आशा छ ।

प्रकाशित मिति २०८२ मंसिर ११ गते बुधबार ०७:४५
हजुरको प्रतिक्रिया