२०८३ साउन २१ गते बिहीबार

विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १६ गते सोमबार ०७:३९

उनले लाञ्छना र भेदभावका कारण अझै पनि सम्भावित संक्रमितहरु उपचार र परिक्षणमा खुलेर आउन नचाहदा जोखिम बढ्ने गरेको उल्लेख गरे ।

पोखरा ।

विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रेमराज पंगेनी समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगाएतका दिवसममा पत्रकारसंग अन्र्तक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ संचार हुने बताए ।

कार्यक्रममा एचआइभी र पोखरा ए.आरटीले गर्दै आएका कार्यका बारेमा प्रस्तुति राख्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका फिजिसियन डा.सरदचन्द्र बरालले एचआइभी संक्रमण र एड्स रोग उपाचारका हिसाबले अन्य रोग भन्दा पनि सर्वसुल्लभ भएता पनि समाज हुने लाञ्छना र भेदभावका कारण संक्रमितहरुले निकटको स्वास्थ्य केन्द्र भन्दा अन्य केन्द्रहरुबाट सेवा लिने गरेको बताए ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स रोग निवारणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले लाञ्छना र भेदभावका कारण अझै पनि सम्भावित संक्रमितहरु उपचार र परिक्षणमा खुलेर आउन नचाहदा जोखिम बढ्ने गरेको उल्लेख गरे ।

प्रकाशित मिति २०८२ मंसिर १६ गते सोमबार ०७:३९
हजुरको प्रतिक्रिया